समाचार

अपराध सुरक्षा

चाेरी गरेकाे ३१ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

आइतबार, २४ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

चाेरी गरेकाे ३१ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंमा चोरी गर्दै गरेकाे अवस्थामा ३१ लाख रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । डल्लु आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरमा चोरी गरिरहेका दुई जना नगद रुपैयाँसहित पक्राउ परेका हुन् ।

 

पक्राउ पर्नेमा भारत बिहारका करण पोदार र सुरज पोदार रहेका महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।