समाचार

अपराध सुरक्षा

समाज

काठमाडौंका तीन जुवा अखडामा प्रहरीकाे छापा, २२ पक्राउ

आइतबार, २४ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

काठमाडौंका तीन जुवा अखडामा प्रहरीकाे छापा, २२ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका तीन जुवा अखडामा छापा हानी २२ जनालाई पक्राउ गरेको छ। काठमाडौंको कालिमाटी र भक्तपुरका दुई स्थानमा शनिबार प्रहरीले छापा हानेको हो। 

 

कालिमाटीस्थित लक्ष्मी लजमा जुवातास खेलिरहेका  रामेछापका २८ वर्षीय कपिल बोहरा सहित ७ जनालाई नगद नेपाली २ लाख ४२ हजार ७ सय २५ रुपैयाँ र भारतीय ५ हजार ४ सय ५० रुपैयाँ तथा ३ बुक तास सहित पक्राउ गरेको छ। 

 

 त्यस्तै भक्तपुर– २ स्थित ईन्द्रेणी खाजा घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ३३ वर्षीय सुनिल गोहरा सहित ८ जनालाई नगद ३७ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ।

 

उता भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने सविन गुरुङको घरको तेस्रो तलामा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने सिन्धुपाल्चोक  जुगल गाउँपालिका–४ का ३८ वर्षीय पदम श्रेष्ठ सहित ७ जनालाई नगद ४८ हजार ६ सय ९० रुपैयाँ र ५ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ।


पेशेवर रुपमा जुवा खेलाइने ठाउँहरुमा प्रहरीले छापा हानेको हो।