कला साहित्य

साहित्य आज

कथा : द वेक ट्रायोलोजी

राजु झल्लु प्रसाद

शनिबार, २३ असार २०७५ गते प्रकाशित
- नेपाल आज

कथा : द वेक ट्रायोलोजी


म ब्युझिँदा बिहान भइसकेको थिएन ! हिजो रातभरको थकान(निन्द्रा) पश्चात् म आज दिनभर सुतेकी थिएँ ! घाम सुत्ने तर्खरमा थियो ! म भर्खरै उठेको थिएँ !
ढ्याक..ढ्याक !
ढोकामा पक्कै उही हुनुपर्छ ! यतिखेर आएर बिहानीपख जान्छ ऊ ! भन्छ, म निदाउन सक्दिनँ– यसैले तिमीकहाँ आउँछु ! उसले त यो पनि भनेको थियो, म तिम्रो काखमा सजिलै निदाउन सक्छु ! तिमीलाई चाहिएजति पैसा दिन्छु, तिमी मलाई तिम्रो काख देऊ !

 

ऊ अग्लो छ–उचाइ मा ! 
राम्रो छ– हिस्सी छ ! 
ब्ल्याक एन्ड ह्वाइट छ ! अनुहार ह्वाइट, दारी ब्ल्याक ! झट्ट हेर्दा जुँगामुठे छ ! माचो छ ! जवान छ ! 
तर जवान केटामा हुनुपर्ने केही कुरा पनि उसमा छैन ! त्यो जोश, त्यो बल...अहँ केही छैन ! 
ऊ मैले पहिलोपटक भेट्दाखेरी भन्दा साह्रै दुब्लाएको छ ! रोगी छ जस्तो लाग्छ ! दया लाग्छ उसको स्थितिदेखि !

 

साँझपख आउँछ, मेरो काखमा पल्टिन्छ ! र, रातभर निदाउँछ ! बिहान नहँुदै उठेर गइहाल्छ ! अनि फेरि भोलिपल्ट आउँछ, ..र भन्छ‘ म हिजो राती पनि निदाउनै सकिनँ !’

भित्र छिर्नेबित्तिकै हाँस्छ ! म पनि हाँसिदिन्छु ! तर उसको ओठमा हाँसो सुहाउँदैन ! बेमौसमी हासो ! कति नराम्रो देखिन्छ, ऊ हाँस्दाखेरी ! त्यो म मात्रै जान्दछु !

विगत दस दिनदेखि ऊ मकहाँ आइरहेको छ ! लुगा पनि सधँै एउटै लगाउँछ ! सायद, खाना पनि खादँैन होला ! तर उ सिग्रेट खुब पिउँछ ! मलाई उसले सिग्रेट पिएको मनपर्छ ! माचो देखिन्छ– सिग्रेट तानिरहँदा ऊ !

***

‘सुन्नुस त ! ’
‘हँ, भन !’ 
‘केही खानुहुन्छ ?’ 
‘खान्न् !’ 
‘किन खानुहुन्न ?’
‘मलाई भोक लाग्दैन !’ 
‘केही पनि खानुहुन्न ?’
‘खान्न !’
‘चुरोट पनि?’
‘पिउँछु !’

 

उ जिद्दी छ ! एकदमै रुखो व्यवहार गर्छ ! आफ्नो कुरामा हठी छ ! भनेको मान्दैन ! उसलाई सम्झाउन सकिन्न ! सम्झाए पनि म सम्झिँन सक्दिन भन्छ !

‘केही पनि नखाए त मरिन्छ नि !’ ‘अँ मरिन्छ !’ 
‘केही खानै मन लाग्दैन ?’
‘लाग्दैन ! ’
‘केही नखाई सुत्दा निद्रा पर्छ त’
‘अनि ? ’
‘पर्दैन ! ’
तर ऊ मेरो काखमा सजिलै निदाउँछ, मलाई थाहा छ ! उसले हिजो पनि यै भनेको थियो ! म निदाउन्न, मलाई भोक लाग्दैन, मसँग कुनै सपना छैनन्, ..उ सधँै यस्तै भन्छ !

 

ऊ मलाई एक रातको दुई हजार  दिन्छ ! 
पहिलो रात त म खुसी भएको थिएँ ! मैले चारजना ग्राहकबाट जम्मा गर्ने पैसा उसले एकैचोटि दिएको थियो ! उसले दोस्रो रात पनि दुई हजार दियो !
तेस्रो रात उसले भनेको थियो, ‘चार दिन भयो म सुत्न सकेको छैन ! एक जवान युवा, एक वेश्याको काखमा सजिलै निदाउन सक्छ भन्ने मैले सुनेको थिएँ ! अनि म तिमीकहाँ आएको थिएँ ! खै दुई रात भइसक्यो म किन निदाउन सक्दिन ?’... ऊ च्याँठ्ठिएको थियो त्यो रात ! ‘कि तिमी वेश्या होइनाँै ? होइनौँ भने भन म जान्छु अन्तै, यो सहरमा वेश्या कति छन् कति ?’

 

उसले सुनेको सत्य थियो ! जवान त के चाउरिसकेको लिंग बोकेर आउने बुढा पनि सजिलै निदाएका छन्, मेरो अङ्गालोमा ! ऊ पनि निदाउँछ मेरो काखमा ! तर ऊ सधैँ भन्छ कि म हिजो राती पनि निदाउनै सकिनँ ! ऊ किन यसो भन्छ ? म जान्दिनँ ! मलाई हैरान बनाएर छोडेको छ उस्ले !

 

मैले आफूलाई वेश्या प्रमाणित गर्न सबैथोक गरँे ! आफूलाई सर्वाङ्ग नाङ्गो बनाएँ ! उसको हातहरू समातेर आफ्नो छातिमा लगँे ! तर उसले हात झा¥यो ! आफ्नो योनीमा उसको आंैला पु¥याएँ ! तर उसले आंैला हटायो ! 
आफ्नो ओठ उसको ओठमा जोडे ! तर उसले मलाई पर...फ्याँकिदियो । 
उसको लिंगमा मैले मेरो हात पु¥याए ! तर...

 

ऊ म (एक वेश्या) कहाँ सुत्न होइन, निदाउन आउँथ्यो ! यस्तो लाग्थ्यो उसले आरामको नीद ननिदाएको थुप्रै समय भइसकेको थियो ! 
पहिलो दुई रातसम्म त मैले उसलाई बुझ्नै सकिनँ ! ऊ सुत्न आएको होला ठानेर आफू नाङ्गिएर उसलाई नङ्गाउन खोजे ! तेस्रो रातबाट मैले यो सब छाडिदिँए !

 

उ आउँथ्यो ! मेरो काख उसको तकिया बन्थ्यो ! म आफ्नो औंलाहरू उसको कपालमा सल्बलाइदिन्थेँ ! उ आँखा चिम्म गर्दथ्यो ! उसको आँखामा चुमिदिन्थे । ऊ सन्चो मान्थ्यो ! यसै गरिरहुँ भन्थ्यो । म त्यसै गरिरहन्थेँ !

 

भरे ऊ निदाए पछि म उठ्न खोज्थेँ तर ऊ पक्रन्थ्यो ! जानै दिन्न थियो ! म जुन अवस्थामा हुन्थेँ,  सोही अवस्थामा उसलाई अपनाउनु पर्दथ्यो ! हातगोडा चाल्न पाउँदिन थेँ !.....

 

सुरुसुरुमा त खुट्टा झन्झनाउथ्यो, मक्किन्थे ! अहिले यो सब बानी प¥यो ! ऊ निदाएको आनन्द मानिमानी हेरिबस्थेँ! कसैलाई निद्रा दिनु पक्कै पुण्यको काम हो ! तर मलाई सबैले वेश्या भन्छन्, पापिनी भन्छन् ! 
बिहानीपख म पनि निदाउँदो रहेछु ! ब्युझिँदा हजारको दुईटा नोट मेरो ब्राभित्र हुन्थ्यो !

 

मलाई यो सब अचम्म लाग्थ्यो ! एउटी वेश्यालाई दिनको दुई हजार भए अरू के चाहिन्थ्यो ! म आफ्नो काम गर्थेँ ! थोरै रक्सी पिउँथे ! कहिले खाना खान्थेँ, कहिले खान्नथेँ ! दिउँसो अंग्रेजीखाले त्यस्तै मुभीहरू हेर्थँे ! त्यसपछि एकैछिन सुत्थेँ ! 
कुनै यस्ता पनि ग्राहक हुन्छन्, जो दिउँसै म कहाँ आउँछन् ! उनीहरू पनि म जस्तै अंग्रेजीखाले मुभी हेर्दा रहेछन् ! पोज पोजको कुरा गर्थे ! म उनीहरूलाई अपनाउथेँ ! थोरै पैसा दिन्थे ! म खुसी नै हुन्थेँ ! 
तर जब जब साँझ ढल्किदैँ जान्थ्यो– म दु :खी हुन्थेँ ! फेरि त्यो केटोलाई मैले सुताउन पर्दथ्यो ! उसलाई सुताउनमा त मलाई कुनै आपत्ति थिएन ! 
गत राती उ सुतेको थियो..निदाएको थियो भनेर मनाउनै सक्दिनथेँ ! 
ऊ गत राती आफू निदाएको कुरा विश्वास नै गर्दैनथ्यो ! 
भन्थ्यो, ‘हिजो राती पनि म निदाउन सकिनँ ! तिमी साँच्चै वेश्या हो कि होइनाैँ ? होइनौँ भने भन म जान्छु अन्तै, यो सहरमा वेश्या कति छन कत्ति ..?’

***

‘लिनुस थोरै पिउनुस ! ’
‘म पिउन्न ! ’
‘रक्सी हो ! थोरै पिउनुस ! ’
‘पिउँदिन !’ 
‘खाना खानुहुन्छ ? म मगाइदिउँ ?’
‘पर्दैन ! म खान्न ! ’
‘चुरोट धेरै नखानुस् ! धुवाँले ज्यादा असर गर्छ !’
‘मलाई धुवाँ मनपर्छ ! ’
‘धुवाँ मन पराउनुस तर धुवाँ नबन्नुस ! ’
‘हामी सबै धुवाँ हौं ! बन्न पर्छ र ?’
.ऊ त्यो दिन पनि उ उसैगरी पेस आयो ! उस्तै रुख्याइलो आवाज ! मलाई बिस्तारै–बिस्तारै उसको चुरोट पिउने अन्दाजसँग मात्रै होइन ! उसको रुखो आवाज, कम बोल्ने बानी, गन्हाउने जीउ, घुम्रिएका कपाल, कालो दारी, बाक्लो परेला, ...सबैसँग प्रेम हुन थालेको थियो ! म उसलाई मन पराउन थालेकी थिएँ !

 

म डराउन थालेकी थिएँ..,उसलाई के भएको छ ? ऊ किन यस्तो छ ? के ऊ सधैँ यस्तै हो ? कि उसलाई कुनै रोग छ ? ऊ बस्छ कहाँ ? उसको नाम के हो ? उसको नजिकका मान्छे को–को हुन् ? के म पनि उसको नजिकको मान्छे हो ? के ऊ पनि मेरो नजिकको मान्छे हो ?
हो, ऊ मेरो नजिकको मान्छे हो ! 
तर ऊ हो को ? 
म उसको प्रत्येक कुरा जान्न चाहन्थँे !

 

‘तपाईं मलाई आफ्नो नाम किन बताउनु हुन्न ?’ 
‘मलाई मेरो नाम थाहा छैन ! ’
‘यो त हँसिमजाकको कुरा भयो !
आफ्नो नाम सबैलाई थाहा हुन्छ ! ’
‘मलाई थाहा छैन !’
‘ठीकै छ ! भन्न हुन्न भने म सोध्दिनँ ।’
‘जान्दो हुँ त म भन्ने थिएँ !’ 
‘कहाँ बस्नुहुन्छ ?’ 
‘मलाई थाहा छैन !’
‘भनेसी यो पनि जान्नु हुदैँन ।’
‘अँ म जान्दिन !’ 
‘राती त मकहाँ आउनुहुन्छ ! दिउँसो ? दिउँसो कहाँ जानुहुन्छ ?’
‘दिउँसो म सुत्छु !’
‘कहाँ गएर सुत्नुहुन्छ ?’
‘जहाँ निद्रा लाग्छ !’
‘दिउँसो सुत्दा निद्रा लाग्छ ?’ 
‘लाग्छ !’
‘र, राती ?’
‘अहँ म निदाउन सक्दिनँ !’

 

‘के गर्नुहुन्छ ? मलाई हर रात दुई हजार दिनुहुन्छ ! कहाँबाट ल्याउनु हुन्छ ?
‘म तिमीलाई दुई ह..ह...ह्ज....हजा....हजार दिन्छु ?’
‘अँ दिनुहुन्छ ? किन तपाईंलाई याद छैन?’
‘म सम्झिँन सक्दिनँ !’ ऊ फेरि सिग्रेट सल्काउँछ ! 
‘धेरै चुरोट नखानुस् ! धुवाँले असर गर्छ !’
‘मलाई धुवाँ मनपर्छ !’

 

मैले भने नि उसलाई सम्झाउन सकिन्न ! ...ऊ सम्झिँन सक्दैन ! उ केही पनि सम्झिनै सक्दैन ! यतिसम्म कि ऊ आफू गतरात निदाएको कुरा पनि सम्झन सक्दैन !

‘तपाईं आफ्नोबारे  के सम्झनुहुन्छ ?’
यो घडीमा अर्लाम सधैँ एक रिङ को बज्छ–उ घाँटीमा मालाझँै घडी लगाउँछ ! ‘ओ ..यो कुरा मैले अघि नै भन्नुपर्ने थियो !’ ऊ त्यो घडी देखाउँदै भन्छ, ‘यसको रिङ चेन्ज गरिदिन सक्छौँ?’

 

‘अर्लाम किन राख्नुहुन्छ ? निदाउन सक्दिन भन्नुभएको होइन ?’ 
‘म राती निदाउन सक्दिनँ ! दिउँसो निदाउँछु ! जब यो अर्लाम बज्छ...यो फोकट्याको रिङ बज्छ..., म ब्युँझन्छु ! अनि मलाई सम्झना हुन्छ कि मलाई तिमीकहाँ आउनुछ ! अनि म हतारहतार तिमीकहाँ आउँछु !’

 

मलाई उसको यो कुराले ज्यादै अचम्मित बनाउँछ ! अनि मलाई सम्झना हुन्छ कि ऊ मकहाँ आउने कुरा कसरी सम्झिन्छ ? जब कि मलाई लाग्छ उसलाई भुल्ने रोग छ ! भोक नलाग्ने रोग छ ! ननिदाउने रोग छ ! एम्निसियाका बिरामीले मलाई कसरी सम्झन्छ ?
तब मलाई ऊ प्रति शंका भयो !

 

‘मकहाँ आउनेबाहेक तपार्इं अरू के सम्झनु हुन्छ ?’ 
‘तिमीकहाँ आएर मलाई निदाउनु छ ! म यो पनि सम्झन्छु ! ’
‘यो बाहेक ?’
‘किन सोध्या ? तिमी वेश्या हौ कि पुलिस? मलाई त लाग्छ तिमी पुलिस हौ ? हौ, तिमी पुलिस ? भन मलाई को हो तिमी...?’
 ऊ एकाएक पसिना निकाल्छ ! डराउँछ ! 
रुन्छ ! कराँउछ ! 
अनन्तः म उसलाई अगाँलो मार्छु ! ऊ शान्त हुन्छ !

 

केहीबेर पछि ऊ हाँसेको थियो ! धेरैबेर हाँयो ! मलाई पनि हाँस्न कर ग¥यो ! पहिले त असजिलो लाग्यो..अप्ठ्यारो भयो ! पछि उसँगसँगै हाँसिदिए ! 
हामी दुवै धेरै बेर हास्यौं !

तिम्रो सपना के हो ? 
किन सोध्नुभयो ? 
भन न के हो ?, उ अलिक बेग्लै लागेको थियो( त्यो दिन मलाई ! 
एउटा राम्रो केटासँग बिहे गर्ने ! दुई छोरा जन्माउने ! कुनै इज्जतिलो काम गर्ने ! ...तपाईंको ?
मेरो निदाउने ! मलाई निदाउनु छ ! 
ए साच्चै तपाईं मान्नुस, नमान्नुस्..तर तपाईं विगत ११ दिनदेखि मकहाँ आइरहनु भएको छ ! मेरो काखमा निदाइ...
म कहाँ निदाए ? म निदाउन सक्दिन ! मेरो सपना हो निदाउने ! म कहाँ निदाए ?
मलाई मेरो कुरा टुग्याउन दिनुः, अनि तपाईं बोल्नुस ! 
उ चुप हुन्छ ! 

 

...तपाईं विगत ११ दिनदेखि मकहाँ आइरहनु भएको छ ! मेरो काखमा निदाइरहनु भएको छ ! सपना त देख्नुहुन्छ होला ! सपना के देख्नुहुन्छ ? सपनामा के देख्नुहुन्छ ? 
...म आफू निदाएको देख्छु ! 
हँ.. तपाईंलाई आफ्नो सपना याद छ ?
मलाई सपनामा आफू निदाएको याद छ ! 
तपाईं त भन्दै हुनुहुन्थ्यो कि तपाईं निदाउनुहुन्न ! 
अँ म निदाउन्न ! 
अनि सपनामा आफू निदाएको कसरी सम्झनुहुन्छ ? 
म सम्झन सक्दिनँ (म आफू सपनामा निदाएको कुरा कसरी सम्झन सक्छु ! म धेरै दिनदेखि सपनामा आफू निदाएको देख्छु ! 
जब जब सपनामा म आफू निदाएको देख्छु, मलाई डर लाग्छ ! म ब्युँझन्छु ! 
तपाईंलाई डर किन लाग्छ ? 
सपनामा निदाएको देखियो भने चाँडै मरिन्छ रे ! 
नखाएर, नसुतेरचाँहि मरिएला नि बरु ! 
उ फेरि बोल्दैन !

 

तपाईंलाई अरू कुनकुन सपना याद छ ?, म सोध्छु ! 
“मलाई अरू कुनै पनि सपना याद छैन ! “उ भन्छ, “...बस् , म विगत १५ दिनदेखि एउटै सपना देखिरहेको छु (जहाँ म आफू निदाएको देख्छु ! मलाई यो सपना याद छ, बस् यै ..यै सपना !“

***

मैले उसको कुरा तपाईंले जःतै केइ पनि बुझ्न सकेको छैन ! एउटा मान्छे यदि निदाउँदैन् भने सपना कसरी देख्छ ? सपनामा, आफू निदाएको देख्न पनि त निदाउन जरुरी छ ! छ कि छैन भन्नुस त ? ...तर उ निदाउँथ्यो ! उसलाई आफू निदाएको याद हुन्नथ्यो ! 
ऊ के भन्थ्यो ?
भन्थ्यो (म निदाउनै सक्दिनँ ! म बिलकुलै १५ दिनदेखि निदाएको छैन ! जब कि उ ११ औं दिनसम्म मेरो काखमा निदायो !

 

र, त्यसपछि ? ११ दिनपछि ? 
 आएन ! उ मकहाँ आएन ! 
ऊ कहाँ गयो ? 
म जान्दिन उ कहाँ गयो ! उ म कहाँ आएन ! 
केही अन्दाज लगाउन सक्नुहुन्छ, उ कहाँ गयो होला ? 
म¥यो होला ! यदि ऊ मरिसक्यो भने उसका लागि धेरै राम्रो हुनेछ ! उसको मृत्यु स्वयं उसको लागि फाइदाजनक ठहरिनेछ !
कसरी ?
एक बिर्सने मान्छे ! एउटा ननिदाउने मान्छे ! भोक नलाग्ने मान्छे..,तपाईं आफैँ भन्नुस् बाँचेर के गर्छ ? ...ऊ बाँच्नै सक्दैन ! मलाई त लाग्छ ( ऊ पक्कै म¥यो ! 
ऊ देखिन्थ्यो कस्तो ? 
एकदमै झुत्रो ! दारीकपाल पालेको ! कुनै दार्शनिक जस्तो ! 
म जस्तो त होइन नि ...?
तपाईं त राम्रो हुनुहुन्छ ! दारीकपाल मसिनो भएको ! सुकिलो, हट्टाकट्टा ! म फ्यान हुँ तपाईंको ! तपाईंको राइटिङको !

म हाँस्छु ! धेरैबेर हाँस्छु !

किन हास्नुभयो ? तपाईं किन हास्नुभयो झल्लूजी ? म त तपाईंलाई मेरो कथा सुनाउँदै छु !
म हाँसिरहन्छु ! 
तपाईं मकहाँ आउनुभयो ! तपाईं एक लेखक, म वेश्याकहाँ आउनुभयो ! यति बुझ्ने मान्छे..जान्ने मान्छे ! म वेश्याको कथा (जो विगत १५ दिनअगाडि घटेको हो ! म हुबहु तपाईंलाई सुनाउँदै छु ! र, तपाईं हुनुहुन्छ कि हास्नुहुन्छ ?

म हाँसिरहन्छु !

तपाईंलाई के लाग्छ झल्लूजी त्यो मान्छे जिउँदै होला कि म¥यो होला ? 
म हाँस्न बन्द गर्छु !,“तिम्लाई के लाग्छ म जिउँदै छु कि मरिसके ?“
तपाईंको मतलब ? ....
तिम्रो मतलब ? .... म उसको हात मेरो छातिमा लगिदिन्छु !

“...मतलब ?
तपाईं ? त्यो मान्छे ? 
त्यो मान्छे ? तपाईं ?...“

***