समाचार

अपराध सुरक्षा

मलद्वारमा लुकाएर विमानस्थलमा सुन तस्करी, २ भारतीय पक्राउ

शुक्रबार, २२ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

मलद्वारमा लुकाएर विमानस्थलमा सुन तस्करी, २ भारतीय पक्राउ

काठमाडौं ।  मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने दुई भारतीय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरीले १८ सय ६४ ग्राम सुनसहित दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो। 

 

विमानस्थल प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दुबईबाट आएका भारतीय नागरिकहरु जजालुधीन भिपिनपादाथ कुन्जु मोहम्मद  र अर्सद चोलायिललाई सुनसहित पक्राउ गरिएको हो। बरामद सुनको बजार मूल्य ९२ लाख ३६ हजार ८ सय ८४ रुपैयाँ छ। 

 

उनीहरुले मलद्वारमा ८/८ वटा सुनका बिस्कुट लुकाएका थिए। चिकित्सकको सहयोगमा मलद्वारबाट सुन निकालिएको एसपी मैनालीले बताए। एक्सरे मेसिनबाट प्रहरीले उनीहरुले मलद्वारमामा सुन लुकाएको खुलेको हो। पक्राउ परेकालाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। 

 

नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी गर्ने भारतीयहरु विमानस्थलमा पटक पटक पक्राउ पर्दछन्। यसअघि पनि प्रहरीले मलद्वारमा लुकाएर सुन तथा लागूऔषध तस्करी गर्न खोज्नेहरुलाई विमानस्थलमा पक्राउ गरेको थियो।