समाचार

अपराध सुरक्षा

समाज

प्रदेश ७

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

बिहिबार, २१ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धनगढी । कैलालीमा क्षीमानले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–९ दुर्गौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीय श्रीमती गरिबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिरा ओलीले मृतकका श्रीमानले आफूले हत्या गरेको स्वीकार गरेको जानकारी दिए । मृतकको टाउको लगायत शरीरका अन्य भागमा घाउ र चोट देखिएको डीएसपी ओलीले बताए । 


अभियुक्त मृतकका श्रीमानलाई लम्की प्रहरीले नियन्त्रणमा लिएर छानविन थालेको छ । मृतकको शव पोस्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।