समाचार

व्यापार

अर्थ

बैंकिङ

एनआईसी एशिया बैंकको देशभर २२५ शाखा 

बिहिबार, २१ असार २०७५ गते प्रकाशित
- नेपाल आज

एनआईसी एशिया बैंकको देशभर २२५ शाखा 

काठमाडौं। एनआईसी एशिया बैंकले झापाको चारपाने शाखा बिस्तार गरेको छ। बैंकको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।

 

बैंकको बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा नयाँ शाखाबाट कारोबार सुरु भएको बैंकले जनाएको छ।  यो सँगै बैकको शाखा देशभर २ सय २५ पुगेको छ।

 

बैंकको वासलातको आकार १ सय ७६ अर्ब रुपैयाँभन्दा माथि पुगेको र कुल निक्षेप करिब १ सय ५० अर्ब रुपैयाँ पुगेको बिज्ञप्तीमा उल्लेख छ। यसैगरी बैंकले कुल १ सय २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको  जनाएको छ।