प्रवास

मुख्य समाचार

अमेरिकाको भर्जिनियामा गोली प्रहार गरी एक नेपालीको हत्या

बिहिबार, २१ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

अमेरिकाको भर्जिनियामा गोली प्रहार गरी एक नेपालीको हत्या

न्यूयोर्क । ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो । 


गोरखा जिल्लाको केराबारी पुर्खाैली घर भई पछिल्लो समय चितवनको भरतपुर बस्दै आएका बजगाईंलाई ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा आक्रमणमा परेका थएि । 

 

अमेरिकी स्वतन्त्रता दिवस, जुलाई ४ को बिहानै घटेको सो घटनाबारे वासिङ्टन पोष्ट अनलाइनले स्थानीय फेयरफयाक्स प्रहरीलाई उदृत गर्दै दिएको जानकारी अनुसार पसल लुट्ने नियतले लुटेराले बजगार्इंको टाउको गोली प्रहार गरेको हुनसक्ने अनुमान छ ।