समाचार

समाज

प्रदेश ७

टीकापुरमा चार हात, चार खुट्टा भएको अनौठो बच्चा जन्मियो

मङ्गलबार, १९ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

टीकापुरमा चार हात, चार खुट्टा भएको अनौठो बच्चा जन्मियो

टीकापुर । टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ । जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन ।

 

नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए । नवजात शिशु जिवितै रहेको अस्पतालले जनाएको छ ।

 

परिवारका अनुसार आमालाई सोमबार दिउसो ३ बजे व्यथा लागेको थियो। उनलाई राति १० बजे मात्रै अस्पताल पुर्‍याईएको थियो। अस्पताल पुर्‍याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए। यो उनको पहिलो सन्तान हो। नागरिक दैनिकबाट ।