समाचार

मुख्य समाचार

प्रदेश ६

घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु

सोमबार, १८ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको मृत्यु

  
रोल्पा । लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा च्यापिएर रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला बिकको घरमाथिको पर्खाल भत्किएकाे हाे ।

 

 मृत्यु हुनेमा आगो तापीरहेका सुत्केरी बिक, उनका १८ दिनकी छोरी आयुसा बिक र छिमेकी १५ वर्षीया चित्रा बिक रहेकाे जिल्ला प्रहरी कार्यालय रोल्पाकाले जनाएकाे छ ।

 

आज बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान गएको थियो भने सुत्केरी कमलाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको हाे।