समाचार

प्रदेश ३

त्रिशुलीमा बस खस्यो, घाइतेको उद्धार हुँदै

शुक्रबार, ११ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

त्रिशुलीमा बस खस्यो, घाइतेको उद्धार हुँदै

काठमाडाैं । काठमाडौंबाट पोखराको लागि छुटेको बस त्रिशुलीमा खसेको छ ।

 

ना६ख २५०६ नम्बरको बस दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल खस्दा बसमा सबार यात्रुहरू घाइते भएका छन् भने थप विवरण आउन बाँकी रहेको छ ।

 

बसमा रहेका २२ जना यात्रुहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना५ख ७४०९ नम्बरको ट्रकसँग बस ठोक्किएपछि दुर्घटना भई ठोकिएको प्रत्यक्षदर्शीको भनाई छ ।

 

 उपचारको लागि घाइतेलाई भरतपुर अस्पताल लगिएको प्रहरी उपरीक्षक शुशिल सिंह राठोरले बताए ।