समाचार

प्रदेश ४

प्रदेश ४ को स्थायी राजधानी बन्याे पोखरा

सोमबार, १८ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रदेश ४ को स्थायी राजधानी बन्याे पोखरा

पोखरा । प्रदेश ४ काे स्थायी राजधानी पोखरा राख्ने निर्णय गरिएकाे छ।  सोमबारको प्रदेशसभा बैठकले पोखरालार्इ स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।

 

प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो । भोलि र पर्सि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ ।

 

नेकपामा सांसद राजीव पहारीले स्थायी राजधानी टुंगो लगाएपछि अब प्रदेशको नामको विषयमा मंगलबारदेखि छलफल हुने बताए । प्रदेशको नाम भने तोकिएको छैन । प्रदेशसभामा चार वटा नाम प्रस्ताव दर्ता भएका छन्। सांसदहरूले गण्डकी, तमुवान मगरात, गोरखा र अन्नपूर्णको नाम राख्न प्रस्ताव दर्ता गराएका छन्।

 

विभिन्न नाम प्रस्ताव भए पनि सर्वसम्मत रुपमा निर्णय गरिने सांसद पहारीले बताए। प्रदेश ४ स्थायी राजधानी तोक्ने दोस्रो प्रदेश बनेको छ। यसअघि प्रदेश नम्बर ६ ले स्थायी राजधानीको टुंगो लगाएको थियो ।