समाचार

बिचार

मुख्य समाचार

प्रदेश ७

प्रदेश ६

बाजुरामा ४.१ रिक्टरको भूकम्प

शुक्रबार, २९ असार २०७५ गते प्रकाशित
- नेपाल आज

बाजुरा । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । 

भूकम्पमापन केन्द्र बाजुराका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको बताए । 


तिम्सेनाले शुक्रबार गएको भूकम्प नयाँ भएकाले सतर्कता अपनाउन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बासिन्दामा खल्लीबल्ली मच्चेको थियो । सानो म्याीग्नच्युडको भूकम्प गएकाले क्षति भने खासै  नभएको बताइएको छ ।