समाचार

मुख्य समाचार

प्रदेश ४

मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सञ्चालन

शुक्रबार, २९ असार २०७५ गते प्रकाशित
- नेपाल आज

म्याग्दी । पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ । 

 

अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राती सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबारदेखि सडक पुनःचलेको शर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ ।

चीनको तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदारलाई पहिरो पन्छाउन प्रयोग गरिएको उनले बताए । 

 

सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरोको त्रास छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वयसमेत गरेको छ ।