मुख्य समाचार

राजनीति

प्रधानमन्त्री ओलीलाई मार्सी चामल उपहार !

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

प्रधानमन्त्री ओलीलाई मार्सी चामल उपहार !

काठमाडौं । डा. गोविन्द केसी प्रकरणमा विवेकशील साझा पार्टी र नेपाली कांग्रेसका नेताहरु एउटै मञ्चमा उभिन थालेका छन् । यसै क्रममा आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन आयोजना गरेर प्रधानमन्त्री ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिने कार्यक्रम आयोजना गरिएको विवेकशील साझाका नेताले जनाएका छन् ।

 

प्रमुख विपक्षी दल नेपाली कांग्रेस र विवेकशील साझा पार्टीका नेतासमेतको उपस्थितिमा बुधबार साँझ सम्पन्न एक भेलाले सरकारविरुद्ध पेशाकर्मीहरुलाई समेत सडकमा उतार्ने निर्णय गरेको छ ।

 

बुधबार साँझ नयाँ वानेश्वरको इन्द्रेणी प्लाजामा पेशागत र अधिकारकर्मी संगठनका अगुवाहरुको बैठकले ३ बुँदे सहमतिसहित सडकमा उत्रिने निर्णय गरेको हो । ‘एलायन्स फर गोविन्द केसी’ ले आयोजना गरेको सो भेलाले विहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरी एक किलो मार्सी चामल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको छ ।