समाचार

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अवरुद्ध

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल आज

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अवरुद्ध

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ । 

 

धावनमार्गको दक्षिणी भागमा चिरा परेपछि   उडान तथा अवतरण अवरुद्ध भएको  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । करिब ४५ मिनेट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण अवरुद्ध भएको उनको दाबी छ ।

 

त्यसक्रममा नेपालगञ्जबाट ३ बजेको फ्लाइटमा काठमाडौं उडेका शिक्षामन्त्री गिरिराजमणि पोखरेल सवारी विमान पनि झण्डै एक घन्टा आकासमै घुमेर बसेको छ ।

 

काठमाडौंको आकासमा झण्डै एक घन्टा फनफनी घुमेपछि विमान अवतरण गर्न पाएको मन्त्री पोखरेलले जानकारी दिए ।