समाचार

मुख्य समाचार

नौ लाख मूल्यको मोबाइल चोरी

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

नौ लाख मूल्यको मोबाइल चोरी

काठमाडाै‌ । तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चोकको सो पसलबाट झण्डै रु नौ लाख बराबरका ब्राण्डेड मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ । 

 

चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सिसीटिभी क्यामराबाट देखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विभिन्न ब्राण्डका ३० वटा सेट मोबाइल चोरी भएको र चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको बताए ।

 

उनका अनुसार सिसीटिभी क्यामराको फुटेजका आधारमा पनि चोर पक्राउ गर्न मद्दत मिल्छ । तुलसीपुरस्थित मोबाइल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा बिहिबार बिहान सबै मोबाइल पसलहरु बन्द गराएका थिए ।