मुख्य समाचार

देश

राजनीति

मन्त्री बोलाएर प्रमले भने : सिन्डिकेट अन्त्य गर्नू

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मन्त्री बोलाएर प्रमले भने : सिन्डिकेट अन्त्य गर्नू

फार्इल तस्वीर

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई बुधबार प्रधानमन्त्री कार्यालयमा नै बोलाएर सार्वजनिक यातायातमा रहेको सिन्डिकेट पूर्ण रूपमा अन्त्य गर्न निर्देशन दिएका छन्।

 

उनले सिन्डिकेट अन्त्य गर्न चालिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महासेठ र सचिव अधिकारीलाई सचेत गराएका छन्।

 

प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा ब्युँताउन नहुने भन्दै सिन्डिकेट सधैंका लागि अन्त हुने प्रभावकारी कदम चाल्न मन्त्री महासेठ र सचिवलाई कडा निर्देशनसमेत दिए। पछिल्ला दिन सञ्चारमाध्यममा मन्त्री महासेठसहित र केही वरिष्ठ सरकारी अधिकारीहरू नै सिन्डिकेट ब्युँताउने कसरत गरिरहेको समाचार सार्वजनिक भएपछि जानकारी लिन प्रधानमन्त्री ओलीले दुवैलाई आफ्नो कार्यालयमा डाकेका थिए।

 

उनले मन्त्री महासेठ र सचिव अधिकारीलाई सार्वजनिक यातायात सञ्चालन गर्नेलाई कम्पनी दर्ता गर्नेलगायत आवश्यक काम तत्काल सम्पन्न गर्न निर्देशनसमेत दिए। उनले सधैंका लागि सिन्डिकेट अन्त्य गर्न गर्नुपर्ने दीर्घकालीन कामको उपयुक्त कार्ययोजनासहित अघि बढ्न पनि निर्देशन दिए।

 

सञ्चारमाध्यममा मन्त्री महासेठसहित र केही वरिष्ठ सरकारी अधिकारी न सिन्डिकेट ब्युँताउने कसरत गरिरहेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले दुवलाई आफ्नो कार्यालयमा डाकेका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री महासेठले सिन्डिकेट कुनै पनि रूपमा नफर्किने र सार्वजनिक यातायातलाई कम्पनीमा रूपान्तरण गर्नेलगायत तत्कालीन एवं दीर्घकालीन व्यवस्थापनसम्बन्धी काम यथाशीघ्र गर्ने प्रतिबद्धता जनाएका थिए। उनले यसबारे कार्यदलले एक साताभित्र प्रतिवेदन दिई सक्ने र प्रतिवेदनका आधारमा आवश्यक काम अघि बढाउने बताए।

‘खाल्डाखुल्डी तत्काल पुर’

प्रधानमन्त्री ओलीले काठमाडौं महानगरका सडकको अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै कलंकी–थानकोट एवं चाबहिल–बौद्ध–जोरपाटी सडक तत्काल सुधार गर्न र सडकका खाल्डाखुल्डी तत्काल पुर्नसमेत मन्त्री महासेठ र सचिव अधिकारीलाई निर्देशन दिए।

 

उनले देशभरिका सबै सडक, ढल र अन्य पूर्वाधार निर्माण आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउनसमेत निर्देशन दिए। जवाफमा मन्त्री महासेठले काठमाडौं उपत्यकाका सडक मर्मत गर्न आगामी ५० दिनभित्र सबैले अनुभूत गर्ने गरी कार्ययोजना ल्याउन प्रतिबद्धता जनाए। अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकबाट ।