समाचार

विदेश

दिल्लीमा विभत्स घटना, घरभित्रै झुण्डिएको अवस्थामा भेटियाे ११ जनाको शव

आइतबार, १७ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

दिल्लीमा विभत्स घटना, घरभित्रै झुण्डिएको अवस्थामा भेटियाे ११ जनाको शव

एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ ।  बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

 

प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । 

 

झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएका स्थानीय इन्डिया टुडे टिभि च्यानलले जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् । 

 

यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै खाद्यान्न र फरेनिचरको व्यापार गर्दै आएका चित्ताैडगढका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् ।उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए ।

 

अाइतबार बिहान उनीहरुले सञ्चालन गरेको पसलमा जाँदा बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेका थिए ।  त्यसपछि मात्र घटना सार्वजनिक भएको हो । उनले परिवारका सदस्यहरु हावा अावतजावतका लागि राखिएकाे झुण्डिरहेकाे भेटेका थिए ।

 

त्यसपछि उनले अरुलार्इ खबर गरेरपछि अरुले प्रहरीलार्इ खबर गरेकाे स्थानीय प्रहरीले बताए । तर पनि घटना केही दिन पहिले नै भएको हुनसक्ने अनुमान गरिएको छ । दिल्ली प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।

 

प्रहरीले सामूहिक आत्महत्या या उनीहरुलाई झुण्याएर मारिएको हुनसक्ने दुवैको प्रारम्भिक अनुमान गरेको छ ।  उनीहरुको शव घरको सिलिङमा रहेको फलामको डण्डीमा झुण्डिएको अवस्थामा थियो ।

 

प्रहरीले अनुसन्धानका लागि छिमेकीहरुसँग सोधपुछ गर्ने र सिसिटीभीको फुटेजहरु अध्ययन गर्ने काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । प्रहरीले यसलाई एउटा ठूलो रहस्यमय घटनाका रुपमा लिँदै गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ ।