खेल

सन् १९९८ को इतिहास दोहोर्‍याउन फ्रान्स तयार, फाइनलमा प्रवेश

मङ्गलबार, २६ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

सन् १९९८ को इतिहास दोहोर्‍याउन फ्रान्स तयार, फाइनलमा प्रवेश

काठमाडौं ।  रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप २०१८ को सेमिफाइनलकाे पहिलाे खेलमा फ्रान्सले बेल्जियमविरूद्ध १–० काे जित निकाल्दै फाइनलमा प्रवेश गरेकाे छ ।

 

खेलकाे ५१ अाैँ मिनेटमा सामुएल उम्टिटिले हेडर गाेल गर्दै फ्रान्सलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । उक्त गाेल नै खेलकाे निर्णायक गाेल बन्याे । खेलकाे पहिलाे हाफ भने गाेलरहित बराबरीमा सकिएकाे थियाे । दुवै टाेलिले केही उत्कृष्ट माैका पाएपनि गाेलकिपरले गाेल भने हुन दिएनन् । 

 

यसअघि फ्रान्सले सन् १९९८ मा ब्राजिललार्इ पराजित गर्दै पहिलाे पटक उपाधि चुमेकाे थियाे । अब फ्रान्सले इङ्ल्याण्ड र क्राेसियाबीचकाे विजेतासँग उपाधिकाे लागि प्रतिस्पर्धा गर्नेछ । 

 

क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई सून्यका विरुद्ध दुई गोलले र बेल्जियमले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियाे ।

 

विश्वकप फुटबलमा बेल्जियमले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । दुई यरोपियन टिमले एक–अर्काविरुद्ध धेरै पटक प्रतिस्पर्धा गरेका छन् । ७३ पटक भिड्दा फ्रान्सले २५ पटक जित निकालेको छ । बेल्जियमले ३० पटक फ्रान्सलाइ हराएको छ । यी दुईबीच १९ खेल बराबरीमा टुङ्गिएका छन् । विश्वकपमा भने यी दुईले ६ पटक प्रतिस्पर्धा गरेका छन् । 

 

पछिल्लो समय १९८६ यता दुई टिमले विश्वकपमा प्रतिस्पर्धा गरेका थिएनन् । त्यसबेला फ्रान्सले बेल्जियमलाई ४–२ ले पराजित गरेको थियो । यी दुई टिमबीच पछिल्लो पटक २०१५ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो ।