राजनीति

कांग्रेसकाे आमन्त्रीत केन्द्रीय सदस्यमा पौडेल मनोनीत

मङ्गलबार, २६ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

कांग्रेसकाे आमन्त्रीत केन्द्रीय सदस्यमा पौडेल मनोनीत

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले बागलुङका किरणराज शर्मा पौडेललाई आमन्त्रीत केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।सभापति देउवाले पौडेललाई मंगलबार मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


नेपाली कांग्रेसको विधान  २०१७ (संशोधित र परिमार्जित) तथा नेपाली कांग्रेसको नियमावली २०६८ बमोजिम सभापतिले पौडेललाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।