मुख्य समाचार

स्वास्थ्य

डा देवकोटाले जन्मघर गाेरखा जाने भनेपछि हेलिकप्टर मार्फत लगिने तयारी

शनिबार, २६ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

डा देवकोटाले जन्मघर गाेरखा जाने भनेपछि हेलिकप्टर मार्फत लगिने तयारी

काठमाडौं । न्युरो अस्पतालमा उपचाररत डा उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिने भएको छ ।

 

देवकोटाकै चाहना अनुसार आजै गोरखा लगिने तयारी भएको अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए । डा देवकोटालाई हेलिकप्टरबाट गोरखा लैजान लागिएको हो । जसका लागि हेलिकप्टर अस्पताल परिसर अवतरण गरिसकेको छ ।

 

  डा. देवकोटाको जन्मथलो गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल हो ।उनलाई केहीबेर घरमा राखेर पुन आजै काठमाडौं ल्याइने डा. देवकोटाका भतिजा वसन्तले जानकारी दिए ।