समाचार

खेल

म्याच फिक्सिङको आरोप लागेका ६ जनालाई सफाइ

बिहिबार, २४ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

म्याच फिक्सिङको आरोप लागेका  ६ जनालाई सफाइ


काठमाडाैं । म्याच फिक्सिङको आरोप लागेका सागर थापा सहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

 

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरूलाई सफाइ दिने फैसला गरेको हो । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलेको थियो । 

 

राष्ट्रिय फुटवल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई,  गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसीविरुद्ध मुद्दा दायर गरिएको थियो ।