समाचार

कर्पोरेट

दीक्षान्त समारोह सम्पन्न

आइतबार, २० जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टको पहिलो दीक्षान्त समारोह गत शुक्रबार सम्पन्न भएको छ । सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट लिमककविङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजी मलेसियासँग सम्बन्धन प्राप्त संस्था हो ।

 

राजधानीस्थित होटल ¥याडिसनमा आयोजित कार्यक्रममा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) का ६५ जना नूतन स्नातक विद्यार्थी उपस्थित थिए । समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले विशेष प्रवचन दिएका थिए ।

 

नास्टका उपकुलपति जीवराज पोखरेलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा सीजी तथा चौधरी ग्रुपका अध्यक्ष अरुण चौधरीले दीक्षित विद्यार्थीले अद्वितीय व्यावसायिक चरित्र देखाउन सके भविष्यको यात्रा तय गर्न सजिलो हुने विचार व्यक्त गरेका थिए ।

 

सीजीका महाप्रवन्धक मिथिलेश झा तथा इन्स्टिच्युटका प्राचार्य प्रमोद पराजुलीले संस्थाको गतिविधिमाथि प्रकाश पारेका थिए ।