समाचार

विदेश

मनोरञ्जन

अपराध सुरक्षा

सेक्स र्‍याकेटबाट नायिका ‘वानी-रानी’ पक्राउ

आइतबार, २० जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

सेक्स र्‍याकेटबाट नायिका ‘वानी-रानी’ पक्राउ

एजेन्सी ।  तमिल नायिका संगीता बालन देह व्‍यापारको आरोपमा पक्राउ परेकी छिन्। चेन्‍नइको एउटा निजी रिसोर्टबाट देशव्‍यापारको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन्।

 

टाइम्स अफ इन्डीयाको रिपाेटअनुसार सुरुवाती चेकजाँमा धेरै नायिकाको नाममा देहव्‍यापारको आरोप लागेको छ। एउटा नीजि रिसोर्टमा छापा मार्दा संगीतासँग एउटा व्यक्‍ति भेटिएको छ। साथै अरु नायिका पनि त्‍यहाँ रहेको र उनीहरुलाई समेत प्रहरीले हिरासतमा लिएको रिपोर्टमा भनिएको छ।

 

प्रहरीका अनुसार संगीतासँग देहव्‍यापारमा लाग्‍न बाध्‍य बनाइएकी तीन नायिकाको उद्दार गरिएको छ। प्रहरी छापा मार्न त्‍यस स्थानमा पुग्दा उनीहरुको सञ्‍जालले प्रवेश निधेष गरिएको थियो। तर जबरजस्ती प्रहरीको टोली जाइलाग्दा संगीता लगात नायिका पक्राउ परेकी थिइन्।

 

संगीतको साथबाट सुरेश नामको एक व्‍यक्तिलाई पनि गिरफ्तार गरिएको छ भने उनीहरुको सञ्‍जाल/ग्‍याङ्गमा धेरै नायिकाहरु समेत फसेको बताइएको छ। यता, तमिल टीभी उद्योगमा संगीता धेरै नै चर्चित नायिका हुन्।

 

उनले धेरै शोहरुमा समेत काम गरेकी छिन् भने सबैभन्दा धेरै प्रसिद्धि ‘वानी-रानी’को भूमिका निभाए वापत पाएकी छिन्। त्‍यति मात्रै नभएर थुप्रै तमिल फिल्ममा पनि काम गरिसकेकी छिन्।