समाचार

स्वास्थ्य

समाज

प्रदेश ३

प्रोफाइल

अस्पतालका लागि २ रोपनी जग्गा दान दिए रामबहादुरले

आइतबार, २० जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

अस्पतालका लागि २ रोपनी जग्गा दान दिए रामबहादुरले

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका ४ पकरवासका दानबहादुर खत्रीले सामुदायिक स्वस्थ्य इकाईका लागि जग्गा दान गरेका छन् । खत्रीले स्वस्थ्य ईकाइको भवन निमार्णका लागि २ रोपनी जग्गा दान दिएका हुन् ।

 

 

पकरवासका स्थानीय बासीले लामो समयदेखि स्वस्थ्याेपचारका लागि ३ घण्टाको कष्टपूर्ण पैदल यात्र गर्नु पर्ने बाध्यता थियो । योसँगै स्वस्थ्योपचार गर्ने स्थानीय बासीलाई सहज हुने भएको छ । 

 

यस्तै अस्पतालकाे मर्मत सम्भार र थप भवन निमार्णका लागि आगामि आर्थिक वर्ष २०७५/७६को बजेटमा रकम छुट्याइदिन गाउँपालिकासँग युवा कलबका अध्यक्ष भीमबहादुर बस्नेतले आग्रह गरेका छन् ।  

 

सो सामुदायिक स्वस्थ्य इकाई  २०७४ सालमा तप्तबहादुर कार्कीको पहलमा स्थापना गरिएको थियो ।