कला साहित्य

साहित्य आज

कथाः अव्यक्त प्रेम

खेम जाेसी

शनिबार, १६ असार २०७५ गते प्रकाशित
- नेपाल आज

कथाः अव्यक्त प्रेम


प्रिय पात्र तिमी,
आज तिमीलाई भनेर सम्बोधन गर्दैछु । तिमीलाई भुल्ने बहाना खोज्दै गर्दा तिम्रो यादले सताएको छ, झस्काएको छ र आफूले आफूलाई नै भुलाएको छ ।आज तिमीलाई पात्रको रूपमा चित्रण गर्दैछु । हुन त, तिमीले पनि एक अहं भूमिका मात्र निर्वाह गरेकी थियौ ।  र, त्यसको फलस्वरूप गलेको तिम्रो अभिनयमा लिप्त दर्शकको रूपमा उभिएको छु म ।तिमी प्रेम नामको कारुणिक चरित्रबाट सजिलै बाहिर उम्किन सफल भयौ । तर, तिम्रो त्यही अहं चरित्रले मेरो मन छोयो र तिम्रो अभिनयमा लिप्त बनायो । त्यसैले त होला तिम्रो अर्को अभिनय हेर्न मन छ । 

 

तिम्रो र मेरो बीचको सम्बन्ध पनि तिम्रा खातिर एक नाटक मात्र थियो होला ।  तिमीले गरेका वाचाहरू पनि स्क्रिप्टमा भएका डाइलग मात्र थिए र तिमीले मेरोसामु रिहल्सल मात्र गरिरहेकी हुँदी हौ ? तर, तिम्रो त्यही डाइलगहरूले मन छोयो, तिम्रो प्रस्तुति को शैलीले मन छोयो । मन तिमीले बोलेका डाइलगतिर तानियो र पो तिमीसित सम्बन्ध गाँसियो । सम्बन्ध गाँसियो, मन साटियो भनौँ  या भ्रममा परियो भनौँ! थाहा छैन, के संज्ञा दिउँ हाम्रो सम्बन्धलाई ।  तिम्रो साथलाई म पिरतीको उपकार भनौँ या धोका,  त्यो पनि थाहा छैन ।

 

तिमीले कुनै दिन भनेकी थियौँ केटाहरू त भमरा हुन्छन्, फूल फेरिफेरि रस चुस्ने र तिमीले मलाई पनि त्यही संज्ञा दिएकी  थियौँ । तर, म भिन्नै भएर निस्किएँ ।  हो, म भमरा बन्न चाहिनँ, र पो फूलको रस चुसिनँ ।  म त माली बन्न खोजेँ हरपल तिमीलाई फुलेको हेर्न चाहेँ र त्यसका खातिर आफ्नो लामो समय तिम्रा खातिर साँचेको थिएँ । तर खै ! कसलाई दोष दिऊँ तिमीलाई या समयलाई ? समय बेग्लै चल्दैछ । मैले सोचेको भन्दा पृथक् चल्दैछ । लाग्दैछ, समय नै अपूरो र  अस्तित्वहीन छ । लाग्छ समयले पनि मप्रति अन्याय गरेको छ ।साँच्चै तिम्रो लीला अलौकिक र अजीव रहेछ । यदि तिमीलाई वस्तुको रूपमा चित्रण गर्नु परे म तिमीलाई नुनको संज्ञा दिने थिएँ ।  । हो, नुनजस्तै स्वभाव छ तिम्रो, जहाँ पनि घुल्न सक्ने तर, थाह नै नपाइने कुनबेला घुल्न पुग्याैंभनेर घुली सक्छौं । अरूमा आफ्नो अस्तित्वको पर्खाल खडा गर्छौं र अरूलाई आफूमा निर्भर हुन वाध्य पार्छौं ।  तबमात्र अश्लील स्वभाव थाहा हुन्छ । हो, तिमी म मा पनि घुलिन पुग्यौ ।  

 

आफ्नो अस्तित्व म मा पनि जमाउन खोज्यौ र म पनि तिमीमा निर्भर हुनुभन्दा अर्को नौलो विकल्प थिएन । मेरो जीवनमा तिमी चैते हुरी बनेर आयौं ।  तडक–भडकका साथ आयौं र गयौंपनि । आएको गएको केही मेसो पाएन ।  जब गयाैँ , तब मात्र थाहा भयो कि मेरो मनको संसार ध्वस्त पो पारिसकेकी छाै। ध्वस्त संसार भित्र खै ! किन हो, त्यो तिम्रा यादहरू ध्वस्त पार्न असफल भयौ तिमी । तिम्रा यादका प्रीति चित्रहरू मानसपटलमा अझै वास्तविकता झैँ छन् । प्रत्येक सपनीमा तिमी ऐंठन बनेर आउने गर्छौं । अझै याद छन् ती पल तिमीसँग साटेका ती सपना भविष्यका लागि साँचेका । तर, अपसोच म भूल्न पुगेछुँ,  सपनाको कुनै आकार हुदैंन । त्यसैले त होला सपना सपनामा मात्र सीमित भयो ।

 

अझै बुझ्न सकेको छैन तिमी टाढिनुको वास्तविक कारण । तिमीले सामान्य रूपमा भनेकी थियाै, ‘खेम जीवनले अन्तै मोड लियो ।  सायद हाम्रो गन्तव्य यति रहेछ ।’  याद आयो तिमीले भनेका कुराहरू । तिमीले भनेकी थियौं नि ‘तिमी मान्छे कति गम्भीर छौं’ अनि थपेकी थियाै,‘तिम्रो भेट मसँग भयो, अब तिम्रो जिन्दगीले नयाँ मोड लिने छ ।’ साँच्चै भन्दा त्यो छोटो समयमा म मा धेरै परिवर्तन आए । तिमी बेग्लै लहर बनेर छायाै। सक्दिनँ म त्यो लहरको परिभाषा गर्न, सक्दिनँ त्यो लहरलाई अरू केही सँग नि दाँज्न । तिमी भिन्न रहेछाँै, त्यसैले त मेरा लागि अभिन्न बन्यौँ । तिमी मनमा थियाै, मस्तिष्कमा थियौँ साँच्चै भन्नुपर्दा मेरो जीवनको गन्तव्य नै बन्न पुगेकी थियौँ । तिमी भित्र भ्रम सिर्जना गर्ने जादू थियो होला । त्यसैले त मेरो मनमा प्रेमका नयाँ बुटृा उमारी दियाैं ।

 

म भित्र तिम्रा खातिर रंगीन सपना सजाइ दियौँ । मेरा श्यामश्वेत आँखामा रंगीन सपना सजाइदियाैँ । खल्लो–खल्लो जिन्दगी नै चटपटे बनाइदियाैं । बिडम्बना, टिकेन त्यो जिन्दगी धेरै दिन ।  तिमी मनमा छायौँ र मुटु मा हरायौँ । म मुटुमा खोज्ने प्रयत्न गरिरहँ तर, नियति अरूको मुटुमा भेटेँ। सायद तिमीले भर गरेको मान्छेको मुटुमा तिम्रो नाम थिएन । त्यसैले त तिम्रा नामका अनुचित वाक्य उसको मुखबाट प्रकट भएका थिए र म त्यो सुन्न बाध्य भएको थिएँ । तिम्रो बेग्लै मोड लिएको गन्तव्य भेट्न सफल भएँ ।  तर, त्यसले नि मलाई नै टुक्र्याएको थियो । ठगिएका त दुबै थियाैँ । म तिमीसँग र तिमी नियतिसँग । सायद तिमीले तिम्रो भ्रमको प्रेम बुझ्न सकेनछांै । सायद, तिमीले महसुससम्म पनि गर्न सकेनछांै कि तिम्रो भूतपूर्व प्रेमी र तिम्रो अहिलेको राजकुमारबीच यति नजिक को सम्बन्ध छ भनेर सायद यस मानेमा चुक्न पुग्यौ तिमी ।

 

अभावलाई बुझ्न सकेनछौं तिमीले ? मलाई त दुबैले धोका दिएको हो . ..तिमी प्रेमिका भएर र ऊ साथी भएर . ..तर, दोष दिन चाहन्न यो सब मैले तिमीसँग भएको सम्बन्ध छुपाउनुको कारण हो अझै याद छ । उसले भनेको पहिलो वाक्य त्यो चिया पसल सायद उसलाई थाहा थिएन हाम्रो सम्बन्ध । उसले शब्दमा तिम्रो प्रत्येक अंगको वर्णन गरेको थियो यस अर्थमा ... नङ्गाएको थियो तिम्रो इज्जत र तिमी प्रतिको मेरो विश्वास... उसले भनेको पहिलो वाक्य ‘मैले एउटा माल भेट्टाए नि यार..’ अझै थाहा थिएन त्यो माल तिमी पो रहेछौं ?  बुझ्थे होला तिमीलाई, सायदै उसले तिम्रो नाम उच्चारण गरेन , उसले तिम्रा प्रत्येक अंग नियालेको थियो र शानसँग भट्याउँदै थियो... तिमीले शारीरिक सम्भोगमा अनुभूति गरेको मीठोआनन्दको मजा ..उसले शब्दमा व्यक्त गर्दै थियो ...सायद यही नै फरक छ माया गर्ने र माया भोग्नेहरूका बीच । सायद यो गफ सुनेपछि त्यो पात्रको नाम सोध्नु मेरो कर्तब्य  थियो र सोधे पनि तर, जे सुने त्यो कुराले मेरो मुटुलाई नै केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प  गएको भान भयो ।  तिम्रा लागि बनाएका ताजमहल र धरहराका संरचना ध्वस्त भए ।

 

शरीरका प्रत्येक अंगमा करेन्टको भान भयो र सायदै मेरो अनुहारको चमकता हराएर जानु स्वाभाविक थियो र मेरो अवस्था देख्दा उसको पनि चमकता हराएर जानु स्वाभाविकै थियो । मलाई  बाहना चाहिएको थियो, उबाट टाढा जान केही सोच्नका निमित्त  र, फोन आएको बाहना गरेर घरबाट अहिल्यै आउन भनेको बाहना बनाएर... ऊसँग बिदावारी भएर आएँ खास गन्तव्यबिनाको पाइलाको गतिले एउटा ठाउँ पु¥यायो जहाँ हाम्रा हजाराैँ सपना सजिएका थिए, जहाँ मैले कयौं पटक तिम्रो कपालको मीठो बास्ना र तिम्रो मुस्कानमा लठ्ठिएको थिएँ, तर, आज सबथोक बदलिएको  थियो, न तिमी थियौं न तिम्रा मीठा यादहरू थचक्क बस्न पुगेँ आँखा रसाइसकेका थिए । मानसिकतामा तिमी अनि तिम्रा याद छाउन थालेका थिए र एकाएक तिम्रो अहिलेको अवस्था सोच्न पुगे साँच्चै  भन्दा म म भएर होइन म तिमी भएर सोचेको थिएँ ।

 

म मानसिक रूपमा चोट पाएको मान्छे तिमी त झन् मानसिक अनि शारीरिक रूपमा खेलौनाको रूपमा प्रयोग भएकोमान्छे, त्यसैले अठोट गरेँ तिमीलाई उठाउने छँु तिम्रा लागि । फेरि उही मनको किनारमा ताजमहल र धरहरा बनाउने छु । तिम्रो मुहारमा फेरि त्यो मुस्कान ल्याउने छुँ । यदि यो सब गर्न सफल भएछु भने म मेरो पुरुषत्वमा सफल हुनेछु । म अभाव भएर होइन म म भएर नै तिम्रा आँखामा नयाँ चमकता र नयाँ मुस्कान ल्याउने छु । यसरी म आफ्नो पुरुषत्वको परिचय दिनेछु ।