मुख्य समाचार

देश

प्रदेश १

सोलुखुम्बु दुर्घटना अपडेट : ६ जनाको सनाखत

शुक्रबार, १५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

सोलुखुम्बु दुर्घटना अपडेट : ६ जनाको सनाखत

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ । सनाखत हुनेहरुमा उदयपुर सिरिसे ८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेको प्रहरीले जनाएको छ ।

 

यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्सपेक्टर प्रद्युम्न कार्कीले जानकारी दिए ।

 

दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ । 

 

शुक्रबार बिहान को १ झ १८६० नम्बरको जीप सोलुको दूधकुण्ड नगरपालिका ११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने महादेव भीरबाट करिब साढे ७ बजेतिर तल खसेको थियो । घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनालगत्तै स्थानीयबासीले उद्धार गरेका थिए ।