समाचार

रोजगार

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कोटाभन्दा ९ सय बढी पास

शुक्रबार, १५ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, कोटाभन्दा ९ सय बढी पास


काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । इपिएस कोरिया शाखाले प्रकाशित गरेको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । सन् २०१९ का लागि कोरिया शाखाले जेठ २६ र २७ गते परीक्षा लिएको थियो ।

 

 परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले यो वर्षका लागि ७ हजार १ सय नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ । तर त्यो भन्दा ८ सय ८६ जना बढी पास भएका छन् ।  कृषितर्फ २ हजार ९ सय ६८ विद्यार्थी र उत्पादनमुलक क्षेत्रतर्फ ५ हजार २८ जना पास भएका छन्।