मनोरञ्जन

सन्तानको प्रश्नले आर्यनलाई तनाब

बिहिबार, १४ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

सन्तानको प्रश्नले आर्यनलाई तनाब

काठमाडाैं । ‘बाबु कहिले बन्ने ?’ केही वर्षदेखि अभिनेता आर्यन सिग्देललाई लखेटिरहेको प्रश्न हो यो । २०७१ सालमा सपना भण्डारीसँग विवाह गरेपछि उनी अचेल हरेक दिन यो प्रश्नबाट जोगिएर उम्कन सकेका छैनन् ।

 

उनलाई आफन्तहरुले मात्र होइन मिडियाको पनि यही प्रश्नले वाक्कदिक्क भइरहेको छ । केही दिन अगाडि चलचित्र ‘कायरा’ को ट्रेलर रिलिज कार्यक्रममा फेरि उनलाई यो प्रश्नले छाडेन ।

 

पत्रकारले ‘बाबु कहिले बन्ने ?’ भनेर प्रश्न गरि हाले । तर, आर्यनले यसको कुटनीतिक जवाफ दिए, ‘१५/२० वर्ष हुन लाग्यो म चलचित्र क्षेत्रमा लागेको । ‘कायरा’ मेरो अर्को सन्तान हो ।’

 

यो चलचित्र आर्यन आफैंले निर्माण गरेका हुन् । उनीसँगै यस चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणा लिड अभिनयमा छिन् । साउन ११ गते रिलिज हुने यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् ।