अन्तरवार्ता

राजनीति

कभर स्टोरी

भिडियो

प्रचण्डका पूर्वकार्यकर्ता भन्छन्, ‘उनी लम्पसारवादी हुन्’ (भिडियोसहित)

प्रचण्ड पतन भएपछि एमालेसँग लम्पसार भए

बिहिबार, १४ असार २०७५ गते प्रकाशित
- नेपाल आज

प्रचण्डका पूर्वकार्यकर्ता भन्छन्, ‘उनी लम्पसारवादी हुन्’  (भिडियोसहित)

 

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेसँगै दस बर्से जनयुद्धका सारथिहरूले छाड्ने क्रम तीव्र भएकोे छ  । माओवादी केन्द्रले एमालेसँग गरेको एकताबाट असन्तुष्ट पक्षहरूले दस बर्से जनयुद्धबाट प्राप्त उपलब्धिलाई प्रचण्डले तिलाञ्जली दिएको आरोप लगाउँदै आएका छन् ।


त्यसको बाँकी कार्यभार पूरा गर्ने भन्दै केही समूहको नेतृत्व गर्दै पार्टी खोल्ने काम भइरहेको छ । एमालेसँगको एकतामा सामेल नहुने निर्णय गरेका गोपाल किराँती, विश्वभक्त दुलाल (आहुति) र विमल अधिकारीले बेग्लाबेग्लै पार्टी खोलेका छन् । 

 

तत्कालीन एकीकृत माओवादी विगत दस वर्षयतादेखि टुक्रिँदै आएको छ । प्रचण्डका गुरु मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवले प्रचण्डलाई छोडेको एक दशक भइसकेको छ । 


पछिल्लो समय प्रचण्डको साथ छाडेकाहरूले वैद्य र विप्लवसँग मिलेर क्रान्ति गर्ने बताइरहेको छ  भने केहीले वैज्ञानिक समाजवादको मुद्दा उठाएका छन् । 


प्रचण्डसँग अलग भएकाहरूको आगामी यात्रा के हुँदैछ भन्नेबारे नेपाल आजले नवगठित जनयुद्धकालीन माओवादीका संयोजक विमल अधिकारीसँग विशेष अन्तर्वार्ता गरेको छ । 

संयोजक अधिकारीले जनयुद्धको मर्मविपरीत प्रचण्डले माओवादी केन्द्र एमालेमा विलय गरेको आरोप लगाए । उनले भने, ‘मैले माओवादी घटकहरूबीच एकता गर्न प्रचण्डलाई बारम्बार सुझाव दिएको थिएँ । तर, उनले पुष्पकमल दाहाललाई प्रचण्ड बनाउने र उनको विचारविहीन एमालेमा विलय हुन मन रहेछ ।’ 


जनयुद्धकालीन मोआवादी पार्टीले उठाएको एजेन्डा र मुद्दाहरूलाई प्रचण्डले लत्याएको भन्दै उनले त्यसलाई पूरा गर्न आफूहरूले जनयुद्धकालीन मोआवादी पार्टी ब्युँताएको बताए ।

 

संयोजक अधिकारी भने, ‘एकला एक्लै क्रान्ति गर्न सम्भव छैन । तर, क्रान्तिलाई आत्मसात् गर्ने विभिन्न पार्टीसँग सहकार्य गर्दै फेरि अर्को जनक्रान्ति गर्छौं ।’


अधिकारीले विप्लव नेतृत्वको नेकपा माओवादीसँग मिलेर फेरि अर्को क्रान्ति गर्ने जानकारी पनि दिए । यस्तै एक अर्को प्रसंगमा एमाले र माओवादी केन्द्रको एकताले भ्रष्टहरूको मिलन भएको संयोजक अधिकारीको तर्क थियो । 

 

उनले भने, ‘उनीहरूले कम्युनिस्टको ब्राड बेचेर भ्रष्टीकरण गरेका छन् । चप्पल लगाएर उपत्यका छिरेका उनीहरू कांग्रेस नेताहरू भन्दा बढी धनी छन् । भ्रष्टहरूबाट समानतासहितको समृद्धि हुन सक्दैन ।’