रोजगार

वैदेशिक रोजगारीमा सिन्डिकेट खारेजी हुन सकेन 

बिहिबार, १४ असार २०७५ गते प्रकाशित
- नेपाल आज

वैदेशिक रोजगारीमा सिन्डिकेट खारेजी हुन सकेन 

काठमाडौं । सिन्डिकेट गरी मलेसिया कामदार पठाउने संस्थाहरुको खारेजी प्रक्रिया अझै अनिश्चित बनेको छ । श्रम, रोजगार  तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारसँग ठूलो रकम असुल गरेको भन्दै एक महिनाअघि  सिएलएन, बायोमेट्रिक, वान स्टपसेन्टर,आइएससी तथा माइग्राम्सजस्ता मेनपावर कम्पनी खारेज गर्ने निर्णय गरेको थियो ।


 मन्त्रालयको निर्णयसँगै प्रहरीले मने कम्पनीका प्रतिनिधि/सञ्चालकलाई पक्राउगरी अदालतमा मुद्दा चलाइको छ । अब अदालतको फैसला नआउँदासम्म मन्त्रालयको निर्णय कार्यान्वयन प्रक्रिया अघि बढ्ने छैन । 
नागरिक दैनिकबाट