समाचार

समाज

प्रदेश २

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु, ५ बिरामी

बुधबार, १३ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु,  ५ बिरामी

 धनुषा । जिल्लाकाे कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ । कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ ।


मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ बर्षका साबिर अन्सारी रहेका छन् । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।