समाचार

व्यापार

अर्थ

बैंकिङ

प्रदेश १

कचनकवलमा एनआईसी एशियाको नयाँ शाखा विस्तार 

सोमबार, ११ असार २०७५ गते प्रकाशित
- नेपाल आज

कचनकवलमा एनआईसी एशियाको नयाँ शाखा विस्तार 

काठमाडौं । स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एनआईसी एशिया बैंकले झापाको बनियानीमा कचनकवल शाखा स्थापना गरेको छ । प्रदेश नं १ का सांसद बसन्तकुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

 

मुलुकभर २ सय २४ शाखा कार्यालयहरु, २ सय १७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान उक्त बैंकले सञ्चालन गरिरहेको छ । 

 

बैंकको वासलातको आकार १ सय ७४ अर्ब भन्दा बढि पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुचना अधिकारी सुधिरनाथ पाण्डेलले जानकारी दिए । उनका अनुसार कुल निक्षेप करिब १ सय ४९ अर्ब र कुलकर्जा करिब १ सय १९ अर्ब रहेको छ । 

 

अहिलेसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको उनले बताए । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानहरुमा पनि चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको उनले जानकारी दिए ।