भिडियो

कभर स्टोरी

अन्तरवार्ता

‘विद्यासुन्दर शाक्य जस्तो नालायक मेयर पृथ्वीमा अरू कोही देखिनँ’ (भिडियोसहित)

सोमबार, ११ असार २०७५ गते प्रकाशित
- नेपाल आज

‘विद्यासुन्दर शाक्य जस्तो नालायक मेयर पृथ्वीमा अरू कोही देखिनँ’ (भिडियोसहित)

काठमाडौं । नयाँ शक्ति पार्टीका नेता तथा कृषि वैज्ञानिक मदन राईले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय चुनावताका जे जति वाचा गरेका थिए, अहिले त्यो केही पनि काम नभएकाले शाक्यजस्तो नालायक मान्छे यो पृथ्वीमा अरू कोही पनि नभएको टिप्पणी गरेका छन् ।

 

नेपाल आजसँग मुलुकको समसामयिक विषयमा कुरा गर्दै  राईले भने, ‘भो उहाँको बारेमा केही नभनूँ । उहाँले चुनावका बेलामा के के भन्नु भा थियो अहिले के भइरहेको । त्यसकारणले उहाँ जतिकाे नालायक मान्छे यो पृथ्वीमा अरू कोही पनि छैन । खाली माला लगाए छ, खादा लगाए छ । यस्तो मान्छेलाई भोट नदिनुस् काठमाडौंवासीहरू । बरु मलाई पनि नदिनुस्, बाबुरामलाई पनि नदिनुस् । कमसेकम निर्णय लिन सक्ने मान्छेलाइ  भोट दिनुस् ।’

 

काठमाडौं सहरमा फैलिएको धुवाँ र धुलोप्रति तीखो टिप्पणी गर्दै नेता राईले भने, ‘मेयर शाक्यले कमसेकम एउटा वार्डबाट त नमुनाको रूपमा यसरी गरेर जाऔँ भन्ने हुन्छ नि, त्यो पनि छैन । खादा लगाई सिर्फ फोटो खिँचाइ हिँडेका छन् । काम गर्न पैसाले अड्किएको त होइन नि, अर्बौ रुपैयाँ छ ।’

...

 




खोटाङको रतन्छा भन्ने ठाउँ, जहाँ अझैसम्म पनि मोटरबाटो पुगेको छैन । बिजुलीको त कुरै भएन । जहाँ राम्रो शिक्षा र स्वास्थ्य त परको कुरा थियो । आजभन्दा ५२ वर्षअघि त्यहाँबाट एउटा कलिलो किशोर काठमाडौं झरेर अध्ययनमा लगाव राख्यो, हर दिन मिहिनेत गर्‍यो त्यस्ता परिष्कृत व्यक्तित्व राईलाई अहिले नचिन्ने सायदै कमै होला ।  पछिल्लो समय नयाँ शक्ति पार्टी नेपालमा केन्द्रीय सदस्यको भूमिकामा सक्रिय उनले धेरै देशहरूको भ्रमण गरेका छन् ।

 

अन्तर्वार्ताको क्रममा राईले भने, ‘जीवनमा अनुभवबाट सिकाइ हुन्छ र सिकाइबाट उपलब्धि हुन्छ ।’ त्यसैले अनुभवलाई जीवनको अमूल्य सम्पत्ति मानिन्छ । मदन राई यो अमूल्य सम्पत्तिको एक्ला मालिक हुन् । तर, त्यसबाट धेरै मानिसले लाभ लिएका छन् । अनुभवको एक कालखण्ड, संघर्षका प्रारम्भिक क्षणलाई सम्झने क्रममा उनले उही कलिलो किशोरलाई सम्झे । 

 

त्यसबेलाको काठमाडौं अहिलेजस्तो प्रदूषित थिएन, काठमाडौं सुन्दर गाउँजस्तै  थियो ।  दरबारमार्गतिर घर थिएनन् । न्युरोड र ठमेलमा अलि अलि बस्ती थियो ।  सुन्दर काठमाडौंमा आएपछि उनको पढ्ने चाहना पनि बढी हाल्यो । त्यसैले उनले सैनिक होस्टलमा पढ्नको लागि निवेदन दिए, उनको नाम निस्कियो पनि । प्रतिस्पर्धाबाट छनोटमा परे । त्यसपछि जीवनमा पढ्ने ढोका सधैँलाई खुला भयो । पञ्चायतको समयमा भरत गुरुङ चर्चित नाम थियो । उनी भरतको रुम पार्टनर थिए । भरत गुरुङले बिएससी एग्रिकल्चरको फर्म भरिदिए । राई एग्रिकल्चर पढ्न भारत गए । 

 

भारतबाट फर्केपछि ०२९ सालबाट जागिर सुरु गरे । कामका लागि उनी विराटनगर गए । कृषि खरिद बिक्री संस्थानमा अधिकृत भएर काम गर्दा जोश थियो । उनी सम्झन्छन्, ‘त्यो जोशमा २३ घन्टासम्मै पनि काम गरियो ।’

 

नेपालमा आधुनिक कृषि खेतीको सुरुवात उनी र उनको साथीहरूबाटै भएको हो ।  त्यहाँबाट नै उनले कृषिको आधुनिक क्रान्ति सुरु गरे । पछि ३० सालमा लोकसेवामा नाम निकालेर उनी फेरि मुस्ताङ पुगे । वीरगन्जमा २३ घन्टासम्म काम गर्ने उनले मुस्ताङमा छँदा  ५ वर्षसम्म १ दिनपनि बिदा नलिई काम गरे । उनी कामलाई निकै प्रेम गर्दथे । किसानहरूलाई अति आदर गर्थे । त्यहाँका अरू कर्मचारीहरू किसानसँग नजिक हुन चाहँदैन थिए । आफूलाई शासक बनाउन खोज्थे । तर, मदनले भने आफूलाई सधैँ जनताको सेवक सम्झिए । जनताको घरदैलोमा गएर सेवा गरे । मुस्ताङमा आफ्नै हातले स्याउ रोपेको उनी सम्झिँदै भन्छन्, ‘मुस्ताङमा अहिले फलिरहेका ८० प्रतिशत जति स्याउ मेरो हातले रोपेको हो  ।’ अहिले सम्झँदा खुशी लाग्छ ।

 

त्यतिबेला उनले मुस्ताङमा घर जग्गा पनि किने । स्याउ खेती गरे । ठूलो बगैँचा नै बनाए । अहिले त्यस घरमा उनका आफन्तहरू बस्ने गर्छन् । 
सरकारी जागिर नै भएपनि उनको आर्थिक अवस्था  कठिन थियो । मासिक १३ सय जति हुन्थ्यो त्यसबेला । भत्तासहितको त्यति तलबले उनको जीवनमा कुनै परिवर्तन ल्याउन सकेन । तर, एक्कासि उनको जीवनमा परिवर्तन आयो । 

 

मुस्ताङमा युएनको धेरै प्रोजेक्टहरू जान्थे । एकदिन त्यहाँ एकजना अधिकारी आए । त्यहाँ एउटा प्रोजेक्टको मूल्यांकनको लागि समीक्षा गर्दै थिए । मदन राई त्यो समितिको सदस्य थिए । त्यसबेला धेरै सहयोग गरे । उनको क्षमता र शैली देखेर ती अधिकारी अति प्रभावित भए र राईलाई मुक्त कण्ठले प्रशंसा गरे । त्यसपछि संयुक्त राष्ट्रसंघमा जागिर खान अफर पनि गरे । त्यो अफर राईको जीवनको ठूलो अवसर थियो । उनी त्यसलाई आफूबाट गुमाउन चाहँदैन थिए ।

 

लगत्तै उनले एउटा फर्म भरे, फर्म लिएर ती अधिकारी खबर गरुँला भन्दै गए । त्यसको केही समयपछि उनले अर्को फर्मपनि भरे । त्यसपछि ३ महिना नपुग्दै संयुक्त राष्ट्रसंघमा उनको जागिर पक्का भयो । तलब र भत्ता गरेर मासिक १३ सय कमाउने उनी एकैपटक युएनको जागिर खाएपछि ५ हजार डलर तलब आउँदा आश्चर्यचकित भए । म आफैँ हुँ कि हैन भन्नेमा नै उनी दिग्भ्रमित भए । जागिरको सिलसिलामा उनी धेरै देशहरू घुमे । धेरै अध्ययन पनि गरे । 

 

अन्य देशहरूमा नेपाललाई हेर्ने दृष्टिकोण निकै संकीर्ण थियो । नेपाल गरिब र परनिर्भर देश भनेर चिन्थे त्यहाँका नागरिकहरूले । त्यसबेला उनलाई लाग्यो कि व्यक्ति स्वाभिमानी भएर नहुने रहेछ, सिँगो राष्ट्र नै स्वाभिमानी हुनुपर्दो रहेछ ।