मनोरञ्जन

‘शिवगामी’ले दिनको ६ लाखमा फिल्म गर्दै 

आइतबार, १० असार २०७५ गते प्रकाशित
- चन्द्र राई

‘शिवगामी’ले  दिनको ६ लाखमा फिल्म गर्दै 

सुपरहिट साउथ फिल्म (बाहुबलीु)मा काम गरि सकेकी राम्या कृष्णन उर्फ (शिवगामी) देवीको पहिचान बनाएकी उनको एक दिनको पारिश्रमीक ६ लाख रहेको छ । (बाहुबली) र (बाहुबली) २ दुवै फिल्म हिट भएपछि यसमा काम गर्ने सबै कलाकारले आफ्नो पारिश्रमिक पनि चर्को बनाएका छन् । 
 

 

(बाहुबली) र (बाहुबली)२ दुवै फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी राम्या कृष्णन  साउथका टप अभिनेत्रीले बुझ्ने पारिश्रमिक एक फिल्मबाट बुझ्ने गरेकी छन् । राम्या आफ्नो फिल्मका लागि साउथ एक्ट्रेस तमन्ना भाटिया र राकुल प्रीतभन्दा पनि बढी पारिश्रमिक लिइरहेकी छन् ।

 

अहिले उनी तेलुगु फिल्म सैलाजा रेड्डी अल्लुदुुमा काम गरिरहेकी छिन्  । उनी एक दिनको छायांकनलाई भारु ६ लाख चार्ज गरिरहेकी छिन् ।