समाचार

मनोरञ्जन

भिडियो

रोजीले नन्दबहादुरलाई रारा लैजाउ भनेपछि... (भिडियोसहित)

आइतबार, १० असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

रोजीले नन्दबहादुरलाई रारा लैजाउ भनेपछि... (भिडियोसहित)

काठमाडाैं । नन्दबहादुर बिकको पहिलो लोक डेउडा गीत म प्रितीको भोको सार्वजनिक भएको छ । विशेष डिजीटल युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो गीतमा स्वयं नन्दबहादुर बिक र चर्चित डेउडा गायिका शोभा थापाले उत्कृष्ट स्वर दिएका छन् । 


कर्णाली तथा प्रदेश ७ को संस्कृति अनुसार युवा अवस्थामा गरिने माया प्रेमलाई आधार बनाएर यो गीतलाई गायक बिकले बजारमा ल्याएका हुन् ।  कर्णाली प्रदेशमा जन्मेका नन्दबहादुरले त्यहीँको एक घनघोर मायाप्रेम परेका युवायुवतीहरु को भूमिमा घाँस, दाउरा गर्दा होस् या गोठालो जाँदा वियोगान्तका क्षणहरु पोखिरहेका यस गीत दर्शाउन खोजेका छन् । 


गायक नन्दबहादुर र रोजी कुँवरले अभिनय गरेको यो गीत विशेष फिल्मस प्रा.लिले बजारमा सार्वजनिक गरेको हो । गीतमा लय धिराज नेपाली र मालती बिकले दिएका छन् भने बिजय थापाले म्युजिक भरेका छन् । भिम थापाद्घारा निर्देशित म्युजिक भिडियोलाई चक्र बराल ‘बासु’ले छायाकंन गरेका हुन् । 


हेरौं यो गीतको भिडियोः