समाचार

अपराध सुरक्षा

समाज

प्रदेश ४

घाटबाट शवसहित १७ जना मलामी प्रहरी नियन्त्रणमा !

शनिबार, ०९ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

घाटबाट शवसहित १७ जना मलामी प्रहरी नियन्त्रणमा !

काठमाडौं । गोरखा जिल्लाको भिमसेन गाउँपालिका–१ धर्मवती घाटमा जलाउन लगिएको महिलाको शवसहित १७ जना मलामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार बिहान साँढे ३ बजे स्थानीय ६३ वर्षीया विभा विश्वको मृत्यु भएको भन्दै छिमेकीले उनको शव जलाउन घाटमा लिएर गएका थिए । 

 

तर, उनलाई आफ्नै छोरा राजेश विश्वले कुटेर कर्तव्य गरेको सूचना आएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवसहित १७ जना मलामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।  

 

भिमसेन नगरपालिका–१ निवेलका राजेश विश्वले आफ्नी आमालाई यसअघि पनी पटक–पटक कुट्ने गरेको बताइएको छ । प्रहरीका अनुसार मृतक विभाको शरिरमा चोटपटक र निलडामा देखिएको छ । 


प्रहरीले घाटमा जलाउन लागिएको शव बरामद गरेर जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाएको छ । ‘विभा विश्वको मृत्यु अस्वभाविक देखिएको छ’ डिएसपी रिजालले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’