यौन-शिक्षा

सार्बजनिक स्थलमा याैन क्रियाकलाप गर्न नपाइने कानुन नै बन्याे

शनिबार, ०९ असार २०७५ गते प्रकाशित
- नेपाल आज

सार्बजनिक स्थलमा याैन क्रियाकलाप गर्न नपाइने कानुन नै बन्याे

काठमाडौं । सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । 

 

मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ । 

 

'कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन' भनिएको छ । 

यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

नेपाल समाचारपत्रबाट ।