समाचार

मनोरञ्जन

टंक तिमिल्सिनाले कुमारी ल्याएपछि प्रियंकाले नाचेर स्वागत गरिन् (भिडियाे )

शनिबार, १९ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

टंक तिमिल्सिनाले कुमारी ल्याएपछि प्रियंकाले नाचेर स्वागत गरिन् (भिडियाे )

काठमाडाैं । युवाका ढुकढुकी तथा चर्चित गायक टंक तिमिल्सनाकाे कुमारी बाेलकाे क्रयु गीत शुक्रबार टंक तिमिल्सिनाकै व्यक्तिगत युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । क्रयु अडियाेमा सार्वजनिक गीतमा स्वर स्वयं टंक तिमिल्सिनाकै रहेकाे छ भने -याप अराज केशवकाे रहेकाे छ । 

 

म्युजिक भिडियाेमा हट नायिका प्रियंका कार्की र चलचित्र निर्देशक तथा गायक अराज केशवले उत्कृष्ट अभिनय गरेका छन् । एकनारायण भण्डारीले लय र म्युजिक भरेकाे कुमारीलार्इ श्यामश्वेत रसार्इलीले एरेन्ज र मिक्सिङ् गरेका हुन् । 

 

विशेषतः राेमान्टीक तथा पार्टी डान्समा अाधारित रहेर लाेक पप गीत बनाउने तिमिल्सिना लाखाैं युवाका ढुकढुकी मानिन्छन् । तिमिल्सिनाले याे गीतबाट दर्शक तथा स्राेतबाट थप उत्साह थपिने बताएका छन् । 

हेर्नुहाेस्, भिडियाे ।