अर्थ

मुख्य समाचार

देश

प्रदेश ५

मुआब्जा दिने सहमतिपछि आन्दोलन फिर्ता

बुधबार, ०६ असार २०७५ गते प्रकाशित
- नेपाल आज

मुआब्जा दिने सहमतिपछि आन्दोलन फिर्ता

बुटवल । जग्गाधनीहरुलाई तत्काल मुआब्जा बाँड्ने सहमतिपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै भएको स्थानीयको आन्दोलन फिर्ता भएको छ । मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले सोमबारदेखि विमानस्थलमा धर्ना दिंदै निर्माण कार्यमा अवरोध गरेका थिए ।


स्थानीयको आन्दोलनपछि विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्मा स्थानीयको धर्नास्थलमै पुगेर बिहीबारदेखि २ अर्ब रुपैयाँ वितरण गर्ने र बांकी ३ अर्ब रुपैयाँ तीन पछि वितरण गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । आयोजनाका प्रमुख ओम शर्माका अनुसार करिब २३ अर्ब मुआब्जा रकम वितरण गर्नुपर्ने हालसम्म ६ अर्ब रुपैयाँ मात्र मुआब्जा वितरण भएको छ ।

 

आयोजनाका अनुसार जग्गा अधिग्रहणमा परेका करिब २ हजार ३ सय परिवारमध्ये हालसम्म करिब ८ सय जनालाई मुआब्जा वितरण गरिएको छ । हाल विमानस्थल निर्माणको काम द्रुत गतिमा भइरहेको र करिब ५० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताए ।