समाचार

देश

प्रदेश १

कोशी ब्यारेजबाट ट्रक खस्दा दुईको मृत्यु, ६ को उद्धार

बुधबार, ०६ असार २०७५ गते प्रकाशित
- नेपाल आज

कोशी ब्यारेजबाट ट्रक खस्दा दुईको मृत्यु, ६ को उद्धार

सुनसरी । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।

 

प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

 

ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् । उनीहरुलाई ट्रकले ठक्कर दिएर कोशीमा झरेको थियो ।