समाचार

प्रदेश ५

कांग्रेसको विरोधका कारण प्रदेशसभा बैठक स्थगित

सोमबार, ०४ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

कांग्रेसको विरोधका कारण प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली कांग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगित भएको छ । 

 

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरेका हुन् । 

 

प्रदेशसभा सुरू भएलगत्तै कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को काम कारबाही अघि बढ्न नसक्ने जिकिर  गरेका थिए ।