व्यापार अर्थ कर्पोरेट मुख्य समाचार समाज प्रदेश ३

पेट्रोलियम पदार्थको मूल्य घट्दा निगमलाई  करिब ८ करोड घाटा

पेट्रोलियम पदार्थको मूल्य घट्दा निगमलाई  करिब ८ करोड घाटा

काठमाडौं । नेपाल आयल निगमले आइतबारबाटै लागु हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको छ । आइतबार रातको १२ बजेबाट लागु हुने गरी पेट्रोल तर्फ ३ रुपैयाँ प्रतिलिटर र डिजेलतर्फ २ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो ।  

 

हरेक १५÷१५ दिनमा हुने मूल्य समायोजन अुनसार यो पटकको मूल्य समायोजन गर्दा निगमलाई अर्धमासिक रुपमा ७ करोड ८४ लाख रुपैयाँ हुने जनाएको छ । यदि १५ दिनसम्म अघिल्लै मूल्य कायम गरेको भए निगमलाई ११ करोड ८१ लाख नाफा हुने थियो । 

 

छिमेकी देश भारतमा दैनिक रुपमा अन्र्तराष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ भने नेपालमा भने १५÷१५ वा ३० दिनमा नयाँ मूल्य प्राप्त हुने गरेकाले निगमले  प्रत्येक १५ दिनमा एक पटक मूल्य समायोजन गर्दै आइरहेको छ ।  

 

आइतबार समायोजन गरिएको मूल्य पश्चात विरगंजतर्फ भारत भन्दा पेट्रोल प्रतिलिटर २२।६५ रुपैयाँ, डिजेल २४।७४ रुपैयाँले सस्तो छ । बोर्डमा देखिएको यस किसिमको मूल्य अन्तरले नेपालबाट भारत पेट्रोलियम पदार्थ लैजान सक्ने चूनौती रहेको आयल निगमले भनेको छ । 

 

यद्यपि, उपभोक्तालाई  सस्तो र सहज रुपमा पेट्रोलियम पदार्थ उपलबध गराउने सरकारको नीति अनुसार स्वतः सञ्चालित मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले बताएको छ । 

पेट्रोलियम मूल्य घट्दा घाटा