मनोरञ्जन

सामाजिक सञ्जाल

गोप्य तस्विरकै कारण सन्नी लियोनको फेरि आलोचना

सोमबार, ०४ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

गोप्य तस्विरकै कारण सन्नी लियोनको फेरि आलोचना

एजेन्सी । पोर्नस्टारको पेशा छोड्दै बलिउड अभिनयमा आएकी अभिनेत्री सन्नी लियोनको पारिवारिक तस्विर फेरि विवादमा तानिएको छ । सामाजिक संजालमा उनको तस्विरलाई लिएर चर्को आलोचना हुन थालेको हो ।

 

उनले आफ्ना श्रीमान डेनियल र छोरीको साथ खिचेको अर्धनग्न तस्विरलाई लिएर थुप्रै सामाजिक संजाल प्रयोगकर्ताले आलोचना गरे । केहीले बचाउ गरे पनि सन्नीलाई आलोचना नै धेरै भएको छ ।

 

सन्नीले श्रीमान र छोरीलाई साथै राखेर एक तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । तर यो नयाँ तस्विर होइन । पहिले नै सार्वजनिक भइसकेको यस तस्विर फेरि सामाजिक संजालमा भाइरल बनाइयो ।

 

तस्विरमा सन्नी अर्धनग्न छिन् । तर आपत्तिजनक अवस्थामा भने देखिएकी छैनन् । साथमा उनकी छोरी निशा पनि छिन् । र श्रीमान डेनियल । डेनियल पनि अर्धनग्न नै छन् ।

 

उनीहरुको तस्विर आपत्तिजनक नभए कसैलाई किन टाउको दुखाइ ? भनेर समेत केहीले बचाउ गरे । केहीले भने पर्दामा पो पोर्न स्टार त वास्तविक जीवनमै नग्नता देखाउन जरुरी किन थियो र ? भन्दै आलोचना गरेका छन् ।

 

सन्नी लियोन भने आफूबारे गलत टिप्पणी गर्नेहरुप्रति दुखी बनेको बताएकी छन् । व्यक्तिगत मामिला भएकाले यसबारे टिप्पणी नगर्न उनको सुझाव छ । त्यसो त पोर्नस्टारको करिअर छोडेर बलिउडमा अभिनय गर्न थालेको दशक पुग्न लाग्दा समेत सन्नीलाई पुरानै छविको रुपमा धेरैले ब्याख्या गर्छन् । सोही कारण उनी आलोचित समेत हुँदैआएकी छन् । पछिल्लो समय सन्नी बलिउडमा स्थापित अभिनेत्री हुन् ।