कभर स्टोरी

कुरा: खस्रा मिठा

अन्तरवार्ता

यसपटक पनि ओली कमण्डलु बोकेरै चीन जाँदैछन्

सरकारले चीनबाट ल्याउन खोजेको चाहिँ के हो र !

सोमबार, ०४ असार २०७५ गते प्रकाशित
- नेपाल आज (ADM)

यसपटक पनि ओली कमण्डलु बोकेरै चीन जाँदैछन्

काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणको तयारी गरिरहँदा विभिन्न प्रतिक्रिया र टिप्पणी सार्वजनिक हुन थालेका छन् । दोस्रो पटक प्रधानमन्त्री बन्नुअघि चीनसँगको सम्बन्धबारे सार्वजनिक रुपमै अभिव्यक्ति र प्रतिबद्धता गरेका ओली चीन भ्रमणलाई किन महत्व दिएनन् ? भन्ने टिप्पणी उनले खेप्नु परेको छ नै ।

 

 

चीनसँग यसअघि भएका सहमति र सन्धि सम्झौतालाई प्रधानमन्त्रीले कसरी अघि बढाउलान् ? यस्ता अनेक विषयमा ओलीको चीन भ्रमणमाथि धेरैले चासो उठाएका छन् ।

 

केहीले त ‘ओलीको राष्ट्रवादको परिक्षण अब हुनेछ’समेत भनेका छन् । अर्थात् प्रधानमन्त्री ओलीले चीन भ्रमणमा पक्कै केही दबाव झेल्नुपर्ने छ । भारतसँगको सम्बन्ध ‘नयाँ उचाइमा पुगेको’ भनिए झैँ चीनसँगको सम्बन्ध कुन तहमा पुग्ला ?

 

धेरैले ध्यान दिएको विषय हो । यद्यपि केही आशंका छन् । सामान्यतः भारत भ्रमणलाई जसरी प्रचार गरियो चीन भ्रमणलाई त्यति महत्व दिइएको छैन । त्यसो त, चिनियाँ पक्षले समेत प्रधानमन्त्री ओलीको भ्रमणलाई त्यति महत्वका साथ नहेरेको बुझिन्छ ।


विश्लेषक अरुणकुमार सुवेदीले यसपटक आफ्नो नियमित भिडियो ब्लग ‘कुरा खस्रा मिठा’मा यही विषयमा आफ्नो बिचार व्यक्त गरेका छन् । सुवेदीले ओलीको चीन भ्रमणलाई आलोचनात्मक रुपमा हेरेका छन् ।

 

यद्यपि केही आशंका उनले यहाँ व्यक्त गरे । चीनले सुपुर्दगी सन्धिको ‘भारी बोकाउने’ आशंका सुवेदीको छ । पछिल्लो समय नेपाली पक्षसँग बेखुस बनेको चीन यसपटक ओलीलाई दबावमा पार्न खोज्दै गरेको उनको ब्याख्या छ ।

 

यसबाहेक चीन र नेपाल सम्बन्ध बारे अनेक भ्रम रहेको भन्दै त्यसबारे सचेत हुनुपर्ने सुवेदीको भनाइ छ । नेपालमा चीनबारे भ्रम र ‘घुर्की’को कुरालाई प्रचार गरिएको भन्दै त्यस्तो कुरा हानीकारक हुने उनले बताए । साथै नेपाली पक्ष चीनसँगको अपेक्षाबारे प्रष्ट हुनुपर्ने भन्दै सुझाव समेत दिएका छन् ।