समाचार

व्यापार

अर्थ

कर्पोरेट

रोजगार

समाज

प्रदेश ५

‘विशेष आर्थिक क्षेत्रमा चाहिए जति विजुली’ 

आइतबार, ०३ असार २०७५ गते प्रकाशित
- नेपाल आज

‘विशेष आर्थिक क्षेत्रमा चाहिए जति विजुली’ 

काठमाडौं । नेपाल विधुत प्राधिकरणले विशेष आर्थिक क्षेत्र (सेज) मा विधुत अभाव हुन नदिने घोषणा गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विधुत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

 

उनले विशेष आर्थिक क्षेत्रमा विधुतको अभाव रहेको नभन्न पनि सम्बन्धित निकायसँग आग्रह गरेका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विधुत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि स्मरण गराए ।

 

प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विधुत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विधुत उपलब्ध गराउन कुनै पनि समस्या रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारेका छन् ।

 

सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विधुत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी रहेको छ ।