समाचार

मुख्य समाचार

प्रदेश ७

नाका खोलेर सुरुङमार्ग संचालन गर्न परराष्ट्रमन्त्रीसँग माग

आइतबार, ०३ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

नाका खोलेर सुरुङमार्ग संचालन गर्न परराष्ट्रमन्त्रीसँग माग

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुदूरपश्चिम सरोकार मञ्चले उत्तरी नाका खोल्दै सुरुङमार्ग सञ्चालनका लागि माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

 

मञ्चका अध्यक्ष विष्णु बहादुर खत्रीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटी उरई र टिंकर नाका खोल्न, सेती लोकमार्गको विकट उत्तरी खण्डमा सुरुङमार्ग निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

 

ज्ञापनपत्रमा टिकंर भञ्ज्याङ भन्दा उत्तरको अर्को नाका त्रीदेशीय सहमति भएपछि मात्र खोल्न र पश्चिम सेती जलाशययुक्त उच्च बाँधलाई सिंचाइसहितको बहुउद्देशीय परियोजनाको रुपमा निमार्ण गर्न चीन सरकारसँग स्पष्ट धारणा राख्दै सहयोग जुटाउन समेत अनुरोध गरिएको छ । 

 

मन्त्री ज्ञावलीले उत्तरी नाकाहरुको स्थिति बारे र सेती लोकमार्ग खुटिया दिपायल द्रुतमार्ग र पश्चिम सेती परियोजनाका बारे व्यापक जिज्ञासा राख्दै सुदूरपश्चिम सरोकार मञ्चको मागहरुमा सकारात्मक सहयोग गर्ने विश्वास दिएका छन् ।

 

प्रतिनिधि मण्डलमा मञ्चका सल्लाहकारत्रय मोतिलाल बोहरा शिवराज श्रेष्ठ मल्ल, आर.डी. प्रभाश चतौत र सचिव लक्ष्मी शाह, कार्यसमिति सदस्य राजेश्वरी सिंह लगायतले मौखिक रुपमा पनि आफ्ना धारणहरु राखेका थिए ।