समाचार

व्यापार

प्रदेश ४

यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो, सबै यात्रु सकुशल

आइतबार, ०३ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो, सबै यात्रु सकुशल

 कास्की । पोखरा विमानस्थलमा यती एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।

 

चालक दलका सदस्यसहित ३० जना यात्रु लिएर काठमाडाै‌ंबाट उडेको विमान अवतरणका क्रममा दिउँसो पौने ३ बजे धावनमार्गबाट चिप्लिएर घाँसे चउरमा पुगेपनि ठूलो दुर्घटना नभएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

 

विमानमा रहेका ३० जना नै सकुशल रहेको पनि कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच  भइरहेको कार्यालयले जनाएको छ ।