मुख्य समाचार

देश

प्रदेश १

प्रदेश १ ले ल्यायो ३५ अर्ब ९३ करोडको बजेट

शुक्रबार, ०१ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रदेश १ ले ल्यायो ३५ अर्ब ९३ करोडको बजेट

 विराटनगर । प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा बजेट पेश गरेका हुन् ।

 

कुल बजेटमध्ये चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख, पूाजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ अर्ब ५० करोड ५० लाख छ ।


प्रदेश सरकारले २ अर्ब ६६ करोड ७८ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ । बजेटका बाकी स्रोतमा केन्द्र सरकारबाट आउने वित्तीय समानीकरण र सर्शत अनुदान १८ अर्ब ८८ करोड ७० लाख, राजस्व बााडफााटबाट ९ अर्ब १८ करोड ११ लाख र चालु आवको बचत २० करोड छ ।