व्यापार अर्थ बैंकिङ कर्पोरेट मुख्य समाचार देश

एनआईसी एशियाद्धारा शाखा विस्तार 

एनआईसी एशियाद्धारा शाखा विस्तार 

काठमाडौ । एनआईसी एशिया बैंकले देशभर शाखा विस्तारको अभियानलाई तीब्र पारेको छ । आम नागरिकको माग र चाहनाअनुसार बैंकले देशभरका पाँच स्थानमा नयाँ शाखा विस्तार गरी सेवा प्रवाह  गरेको छ । बैंकका अनुसार कञ्चनपुरको दैजीमा बेदकोट, सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा  सम्सी शाखा स्थापना गरेको छ । 

 

यस्तै बैंकले सर्लाहीमा हरिपुर्वा र सर्लाहीकै  बरहथवा नगरपालिका वडा नं ५, बरहथवा र बागमती नगरपालिका वडा नं १२, बागमतीमा बागमति शाखा स्थापना गरेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय २४ शाखा कार्यालयहरु, २ सय १० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल गरिरहेको बैंकले जानकारी दिएको छ । 

 

बैंकको वासलातको आकार १ सय ६६ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुलकर्जा करिब १ सय १८ अर्ब र कुलनिक्षेप करिब १ सय ४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको बैंकका सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए । 

एनआईसी शाखा विस्तार